बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सामसङको ट्रिपल रियर क्यामरायुक्त स्टाइलिस ग्यालेक्सी ए ट्वान्टी एस नेपाली बजारमा

नयाँ ग्यालेक्सी A20s मा ६.५ इन्को एचडी + इन्फिनिटी –वी डिस्प्ले, ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ्ग एवं ८ एम एम को स्लिम डिजाइन रहेको छ ।

दैनिक नेपाल २०७६ कार्तिक २४ गते १५:०९

काठमाडौँ, २४ कात्तिक । नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै ग्यालेक्सी A20s बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी A20s मा नयाँ विशेषताहरु राखिएका छन् । कनेक्टिभिटिको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी शेयर गर्न चाहने नयाँ पुस्ताको लागि यो फोन विशेषतः निर्माण गरिएको छ ।

ग्यालेक्सी A परिवारको नयाँ सदस्य, ग्यालेक्सी A20s मा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ्ग एवं आकर्षक डिजाइन रहेको छ । यो फोन युवा मिलेनियल्स एवं जेन्जीहरुलाई स्मार्ट फोनको उत्कृष्ट अनुभव प्रदान गर्ने छ ।

“स्मार्ट फोन विजिनेसमा ग्लोबल लिडर भएको नाताले हामी प्रयोगकर्ताहरुका लागि अत्याधुनिक आविष्कार प्रदान गर्न निरन्तर प्रयासरत छौं । ग्यालेक्सी A20s को विकास ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी गरिएको हो ।

यसमा शानदार डिस्प्ले, उत्कृष्ट ट्रिपल क्यामरा तथा ऐना जस्तै फिनिसिङ्गको साथ आकर्षक डिजाइन रहेको छ । लाइभ सम्बाद शेयर गर्न, लगातार फोटो क्याप्चर गर्न, लाइभ भिडियो स्ट्रिम गर्न तथा साझा अनुभवको साथ कनेक्ट गर्नको लागि मोबाइल फोनको प्रयोग गर्ने गरिन्छ ।

यस्तै आवश्यकताहरुलाई परिपूर्ति गर्न ग्यालेक्सी A20s को आविष्कार गरिएको हो । यसले दैनिक जीवनलाई अझै सहजता प्रदान गर्नेछ । ८ एम एम स्लिम डिजाइन युक्त यस फोन आकर्षक नयाँ रङ्गहरुमा उपलब्ध रहेको छ” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

उत्कृष्ट भ्युइङ्ग अनुभव एवं शक्तिशाली ब्याट्री

ग्यालेक्सी A20s मा आकर्षक ६.५ इन्चको एचडी + इन्फिनिटी–वी डिस्प्ले रहेको छ, जुन प्रयोगकर्ताहरुलाई जीवन्त अनुभव प्रदान गर्नेछ । यसमा ४००० एमएएच को व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग रहेको छ, जसले गर्दा सहज स्ट्रिमिङ्ग एवं गेमिङ्गको मज्जा लिन सकिन्छ । ग्यालेक्सी A20s मा डल्वी एटमास सराउन्ड साउन्ट प्रविधि रहेको छ ।

हरेक पलहरुलाई क्याप्चर गर्नुहोस्

ग्यालेक्सी A20s मा शानदार क्यामरा विद्यमान रहेको छ । आजका युवाहरुलाई उत्कृष्ट फिचरहरु प्रदान गर्न यसले मद्दत गर्ने छ । ग्यालेक्सी A20s को ट्रिपलर क्यारमा १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा, एफ १.८ अपर्चर, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा ५ मेगा पिक्सलको डेप्थ क्यामरा रहेको छ ।

जसले अत्यन्त आकर्षक फोटो खिच्न सक्षम हुनेछ । ग्यालेक्सी ब्द्दण्क मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले अझै स्पष्ट एवं ब्राइट सेल्फी खिच्न सहयोग मिल्नेछ ।

ग्यालेक्सी A20s मा क्वालकोम Snapdragon ४५० अक्टाकोर प्रोसेसर रहेको छ । जसले प्रयोगकर्ताहरुलाई सहजै विभिन्न एपहरु चलाउन सकिन्छ । यो डिभाइसमा स्लीक ८ एम एमको ऐना जस्तै फिनिसिङ्ग भएको अत्यन्त सुन्दर डिजाइन रहेको छ ।

विभिन्न आकर्षक हरियो, नीलो तथा कालो गरी ३ रंगहरुमा यो फोन उपलब्ध रहेको छ । ग्यालेक्सी A20s ३ जिवि याम ३२ जिवि इन्टरनल स्टोरेज तथा ४ जिवि र्‍याम ६४ जिवि इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ । यसमा रियर फिङ्गर प्रिन्ट स्क्यानर पनि रहेको छ ।

ग्यालेक्सी A20s को खरिद मूल्य २० हजार ६ सय ९० रुपैयाँ, (३ GB + ३२ GB ) र २३ हजार ९ सय ९० रुपैयाँ (४ GB  + ६४ GB ) तोखिएको छ । यो फोन नेपाली बजारमा कात्तिक ८ गतेदेखि उपलब्ध रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित