
काठमाडाैं, २४ कात्तिक । भारतको विवादास्पद अयोध्याको फैसलाको लागि भारतले बन्द गरेको नेपालगञ्जको जमुनाहा सिमानाका आज पनि बन्द राखेको छ ।
आज पनि नाकाबाट कुनै पनि सवारीसाधन आवत जावत गर्न नदिएको प्रहरीले जनाएको छ । पैदल यात्रुलाई भने निर्वाद आवत जावत गर्न दिइएको छ ।
मुद्दा फैसलापछि हिन्दू र मुस्लिमबीच हुन सक्ने साम्प्रदायिक दंगालाई मध्यनजर गरी भारत सरकारले नेपाल–भारत सीमा नाका जमुनहा अकस्मात बन्द गरेको हो ।
भारत सरकारले दंगा भड्किन सक्ने आशंकाले सीमा नाकामा सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ ।












प्रतिक्रिया