२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीका सल्लाहकार सदस्यले सामूहिक राजीनामा दिँदै

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सबैले सामूहिक राजीनामा दिने स्रोतले जनाएको छ । प्रधानमन्त्रीको ओलीको अनुरोधमा उनीहरुले यसो गर्न लागेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायतले आगामी मङ्सिर १ गतेबाट लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्रीको कार्यसम्पादनमा सही लय आओस् भनेर राजीनामा दिन लागेको जनाइएको छ ।

उनीहरुले कात्तिक मसान्तभित्र राजीनामा बुझाइसक्ने बताएका छन् । मंसिर १ गतेदेखि लागू हुनेगरी उनीहरुले राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरमा सहमति जुटिसकेको बताइएको छ ।