बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

करेन्ट लागेर एकजनाको मृत्यु

दैनिक नेपाल २०७६ कार्तिक २३ गते १८:५५

कावासोती, २३ कात्तिक । नवलपरासी पूर्वनवलपुरको गैँडाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मध्यविन्दु नगरपालिका–६, बस्ने २४ वर्षीय मतिराम महतो थारूको मृत्यु भएको हो ।

आज गैँडाकोट नगरपालिका–१०, नमूना चोकस्थित भित्री सडकखण्डमा पराल बोकेको ट्रकमाथि बस्नुभएका मतिरामलाई करेन्ट लागेको हो । ना२ख ९०७८ नंको पराल बोकेको ट्रकमाथि बस्नुभएको मतिरामलाई बिजुलीको तारले छुन गई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मतिरामलाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित