बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

लैगिंक हिंसाविरुद्ध इटहरी सम्मेलन गरिने

दैनिक नेपाल २०७६ कार्तिक २३ गते १७:१६

इटहरी, २३ कात्तिक । लैगिंक हिंसाविरुद्ध इटहरी सम्मेलन गरिने भएको छ । लैगिंक हिंसाविरुद्धको दिवसको अवसर पारेर ३ सय बढीको सहभागितामा इटहरी सम्मेलन गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।

सम्मेलन इटहरी घोषणा पत्र तयार गर्दै सम्पन्न हुनेछ । इटहरीमा उपमहानगरको आयोजनामा मंसिर ९ गते देखि १६ दिनसम्म गरिने लैगिंक हिंसाविरुद्ध विभिन्न कार्यक्रमका क्रममा इटहरी सम्मेलन गरिने भएको छ ।

लैगिंक हिंसाविरुद्धको दिवसका अवसरमा २१ जना सामाजिक अभियन्तालाई साथी शिक्षक तालिम दिइने भएको छ । प्रतिरक्षा समूह र साथी समूह मार्फत इटहरीका सबै वडामा लैंिगक हिंसा अवस्थाको मापन गरिने छ । हिंसा प्रभावित क्षेत्रमा सरोकारवालाहरु सँग सवाल जवाफ कार्यक्रम समेटिएको छ ।

यसैगरि मुख्यचौकहरुमा लैगिंक हिंसा विरुद्ध शन्देशमूलक होडिड वोर्ड राख्ने, यौनिक तथा अल्पसंख्यकहरुका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया, अपांगता भएका व्यक्तिका अभिभावकहरुलाई अपांगमैत्री व्यवहार सम्बन्धी सचेतना कार्यक्रम, पछाडी पारिएको क्षेत्रमा महिला प्रजनन स्वास्थ्य शिवीर, रक्तदान, विद्यालयमा किशोरीहरुलाई लैगिंक हिंसाविरुद्ध सचेतना कार्यक्रम छन् ।

त्यस्तै, महिला अभियानकर्मी र पत्रकार महिलाबीच मैत्रीपूर्ण फुटसल खेल, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरीसँग महिला हिंसा सम्बन्धी छलफल लगायत विभिन्न २१ वटा कार्यक्रम गरिने भएको छ ।

यी कार्यक्रमहरु इटहरी उपमहानगर तथा उपमहानगरमा रहेका विभिन्न संघ सस्थाहरुले संयोजन गर्ने छन् । उपमहानगरको आयोजनामा सरोकारवाला संघ संस्थाहरुबीच भएको पूर्वतयारी कार्यक्रममा इटहरीमा लैगिंक हिंसाविरुद्धको दिवस भव्यताका साथ मनाउने निर्णय भएको हो ।

जसका लागि ७५ सदस्यीय मूल समारोह व्यवस्थापन समिति, १५ सदस्यीय सचिवालय सल्लाहकार समिति गठन गरिएको छ । इटहरी उपमहानगरले चालु वर्षमा १६ दिनको मात्र नभई वर्षैभरि अभियान संचालन गरिरहेको छ ।

प्रत्येक वडामा महिला हिंसाविरुद्धको प्रतिरक्षा समूह गठन भएको छ । २० वटै वटामा तीन वटाका दरले ६० वटा साथी समूह गठन भएका छन । यसवर्षको १६ दिने अभियानको क्रममा गत वर्षको समीक्षा गर्दै एक वर्षे कार्ययोजना समेत निर्माण गरिने उपमेयर लक्ष्मी गौतमले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित