बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउने

दैनिक नेपाल २०७६ कार्तिक २३ गते १६:४३

काठमाडौँ, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंगलादेशका राष्ट्रपतिले पोखरा र काठमाडौं ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पनि भ्रमण गर्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित