बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

एनआरएनको लगानी रहेको नेपाल पेमेन्ट सोलुसनलाई काराेवार गर्न अनुमति

दैनिक नेपाल २०७६ कार्तिक २२ गते २०:५४

काठमाडौँ, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले नेपालमा भुक्तानी प्रणाली सञ्चालकको काम गर्नका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिलाई अनुमति पत्र (लाइसेन्स) प्रदान गरेको छ ।

नेपाल पेमेण्ट गैरआवासीय नेपालीको लगानी भएको कम्पनी हो । यो कम्पनीले नेपालमा अनलाइन मार्फत लेनदेनलाई सहजीकरण गर्नेछ ।

राष्ट्र बैंकले दिएको लाइसेन्समा भुक्तानी सम्बन्धी क्लियरिगं, सानो मूल्यको भुक्तानी र भुक्तानी स्वीजको काम गर्न स्विकृत दिईएको उल्लेख छ । करिव ३० करोड रुपैंया लगानी हुने यस कम्पनीमा अमेरिकामा व्यवसाय गर्ने गौरीराज जोशीको मुख्य लगानी छ । जोशी गैरआवासीय नेपाली संघका सचिव पनि हुन् ।

यसवाहेक डेनमार्कका गैरआवासीय नेपाली लोकराज शर्मा पनि मुख्य लगानीकर्ता हुन् । एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी लगायतको यो कम्पनीमा लगानी छ । अमेरिकामा वाट पनि अन्य थुप्रै लगानीकर्ताले कम्पनीमा संस्थापक शेयर हालेका छन् ।

यो कम्पनीले नेपालमा अनलाइन भुक्तानी प्रणालीलाई सहजीकरण गर्न मुख्य भुमिका खेल्ने उद्देश्य राखेको छ । त्यसवोहक सस्तोमा रेमिट्यान्स कारोवार लगायतका विभिन्न सेवा दिने उद्देश्य पनि कम्पनीको छ । हाल कम्पनी मुख्य कार्यालय काठमाडौ सुनधारामा रहेको छ ।

कम्पनीलाई चाहिने अधिकांश पुर्वाधार बनिसकेकाले छिट्टै कम्पनीले औपचारिक रुपमा काम थाल्ने बताईएको छ ।

कम्पनीले नियमअनुसार सर्वसाधारणका लागि पनि साधारण शेयर निष्काशन गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित