२९ आश्विन २०८३, बिहिबार

वर्षमानले भने : प्रदेश ५ को राजधानी लुम्बिनी, भेरीका नेकपाकै नेताहरुका कारण तोक्न सकिएन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २२ कात्तिक । उर्जामन्त्री वर्षमान पुन अनन्तले प्रदेश ५ को राजधानी राप्ती, लुम्बिनी र भेरीमा नेकपाकै ठुला नेताहरु भएका कारण चयन गर्न नसकिएको बताए ।

उनले मुख्यमन्त्री, सभामुख र विज्ञ समितिको संयोजक आफूहरुको भएका कारण उपयुक्त र विवेक सम्मत तरीकाले राजधानी टुंगो लाग्ने पनि बताए ।

राप्तीमा ठुला नेताहरु भएपनि प्रदेश ५ को राजधानी दाङ तोक्न नसक्दा तपाइको दम देखीएन नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पुनले भने, राप्तीमा ठुला नेताहरु त छदै छन्, त्यो भन्दा ठुला नेताहरु लुम्बिनीमा छन्, अझ त्यो भन्दा ठुला नेताहरु वामदेव गौतमसहितका भेरीमा भएकाले राजधानी टुंगो लगाउन सकिएको छैन, त्यसैले ठुला नेताहरु भएका कारण त राजधानी तोक्न सकिएन ।

प्रदेश सरकारले विज्ञ टोली बनाएको छ, प्रदेश सरकारको दुई तिहाइले राजधानी तोक्ने भएकाले यो प्रदेशको आन्तरिक विषय पनि हो, हामीसँग मुख्यमन्त्री पनि हुनुहुन्छ, अझ त्यसमा सभामुख पनि हुनुहुन्छ, विज्ञ समितिको संयोजक पनि र हाम्रै हुनुहुन्छ, राजधानी उपयुक्त र विवेक सम्मत तरीकाले निर्णय हुन्छ भन्नेमा म विश्वस्त छु । साथै उनले विद्युतमा नेपाल आत्मनिर्भर बन्दै गएको बताए ।