बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

कामना सेवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

दैनिक नेपाल २०७६ कार्तिक २२ गते १९:०९

काठमाडौँ, २२ कात्तिक । कामना सेवा विकास बैँकद्धारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव यही कात्तिक २७ गते रहेको छ ।

आफ्नो १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वर स्थित IST College मा गा्रण्डी इन्टरनेस्नल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा करीब ६८ जना रक्तदाताले रक्तदान गरी सहयोग गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित