बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

कालापानी सीमा विवादबारे परामर्श गर्न प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आह्वान

दैनिक नेपाल २०७६ कार्तिक २२ गते १८:३८

काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दलहरुको बैठक बोलाएका छन् । भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेपछि त्यस विषयमा छलफल तथा परामर्श गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

ओलीले शनिबार दिउँसो ४ बजे मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक डाकेको स्रोतले जनाएको छ ।

बैठकमा सबै पार्टीका पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने उनले बताए ।
देशकै यो गम्भीर विषयमा दलभन्दा माथि उठी सही परामर्श गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताएको थियो ।

यद्यपी बिहीबार त्यसको जवाफ दिँदै भारतले नक्सामा भारतको सार्वभौम भूभाग समेटिएको र नेपालको सीमा परिवर्तन नगरिकएको जिकिर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित