बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

एनआरएनए नाइजेरियाले ब्लडक्यान्सर पीडितलाई सहयोग प्रदान

दैनिक नेपाल २०७६ कार्तिक २२ गते ११:३५

नाइजेरिया । एनआरएनए नाइजेरियाले अर्धाखाची, शीतगङ्गा नगरपालिका – ५ का नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१ हजार १६० सहयोग जुटाएको छ ।

ब्लड क्यान्सरबाट पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन् ।

एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सहयोग जुटी सकेको र सो रकम छिट्टै नै उनलाई पठाउने जानकारी दिएका छन् ।

सहयोगीहरू हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, संजय थापा, शंकर बर्मा, बीरेन्द्र गुप्ता, प्रकाश सिङ्ग्डेन, अभिषेकमान सिंह, सोमेश अर्याल, भरत रिजाल, सुशान्त गिरी, रोशन थापा र ईन्द्र टन्डनलाई संघको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित