
काठमाडौं, २२ कात्तिक । सुन्दा अचम्म लाग्न सक्छ सुनको ट्वाइलेट भन्दा तर चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तर्रा्ष्टि्रय आयात एक्स्पोमा सुनको ट्वाइलेट प्रर्दशनमा राखिएको छ ।
जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त ट्वाइलेटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो ।
ट्वाइलेटको सिटमा हिरा जडान गरिएको छ । भने सिटमा बुलेट प्रुफ सिसा राखिएको छ । ४०८१५ वटा हिराको तौल ३३३.६८ क्यारेट रहेको छ ।
गहना फर्मका अनुसार ट्वाइलेटमा सबैभन्दा धेरै हिरा जडान गर्ने योजना रहेको छ । उक्त ट्वाइलेटलाई गिनी वल्र्ड रेकर्डमा दर्ता गर्ने योजना पनि रहेको छ ।













प्रतिक्रिया