३० आश्विन २०८३, शुक्रबार

सिक्किम नेवार गुठीको रजत जयन्ती मनाइने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । सिक्किम नेवार गुठीले आगामी ९ र १० नोभेम्बरमा आफ्नो रजत जयन्ती मनाउने भएको छ ।

प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुठीका सभापति तथा रजत जयन्ती समारोह समितिका अध्यक्ष दिलुकुमार प्रधानले उक्त जानकारी दिएका हुन् ।

वर्ष १९९४ मा शुरु भएको गुठीले नेवारी भाषा, संस्कृति, वाद्यवादन, सङ्गीत, नवारी खानाहरूको संरक्षण अनि युवाहरूलाई यस विषयमा जानकारी गराउने उद्देश्यमा काम गरिरहेको गुठीका सभापतिले बताएका छन् ।

रजत जयन्ती समारहोलाई दुई दिन मनाउने पनि बताइएको छ । ९ नोभेम्बरको दिन नेवारी युवाहरूमा भएको दक्षतालाई लिएर आयोजित विभिन्न प्रतियोगिताको फाइनल सम्पन्न हुनेछ ।

गुठीले रजत जयन्तीको निम्त केही महिना अघिदेखि नै राज्यका चारै जिल्लाहरूमा विभिन्न प्रतियोगिताहरूको आयोजन गरी प्रतिभा खोज्ने काम गरेकाे छ ।

नेवारी पारम्परिक नृत्यको फाइनल हुनेछ । यसरी नै नेवारी वाद्यवादन प्रतियोगिता, खुल्ला प्रतिभा खोज, भाजू मैजू सिक्किम (मिष्टर एण्ड मिसेस सिक्किम) प्रमुख रहनेछन् ।

राजधानी गान्तोकको मनन भवनमा आयोजन हुने कार्यक्रमका प्रतियोगीहरूलाई नगद पुरस्कार साथै ट्रफि प्रदान गरिने सभापति प्रधानले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार खुल्ला प्रतिभा खोज कार्यक्रममा चारै जिल्लाबाट २६० जना युवाहरूले भाग लिएका थिए । जसमा १८ जना फाइनलमा प्रवेश गरेका छन् ।

प्रतिभा खोजका उत्कृष्ट शीर्ष तीन प्रतियोगीहरू प्रथमलाई ५० हजार रुपियाँ, दोस्रोलाई ३० हजार रुपियाँ अनि तेस्रो हुनेलाई २० हजार रुपियाँ नगद सहित आकर्षक ट्रफी प्रदान गरिनेछ।

यस अतिरिक्त प्रतिभा खोजमा रहेका ७ जना प्रतिभागिहरूलाई शान्तवना पुरस्कार स्वरूप १० हजार रुपियाँ प्रतिव्यक्ति दिइनेछ ।

यसरी नै नेवारी नृत्य प्रतियोगितामा च्यालेञ्ज ट्रफि पनि राखिएको छ । फाइनलमा ७ प्रतियोगिहरू पुगेका छन् । प्रतियोगिताका शीर्ष तीनहरूमा प्रथमलाई २१ हजार रुपियाँ, दोस्रोलाई १५ हजार रुपियाँ अनि तेस्रो हुनेलाई ११ हजार रुपियाँ र ट्रफि प्रदान गरिनेछ ।

भाजू मैजू सिक्किमको निम्ति कूल १६३ जनाले भाग लिएका थिए । भाजू मैजू सिक्किमको निम्ति फाइनलमा मैजू (महिला) १५ जना अनि भाजू (पुरुष) १० जना पुगेका छन्। फाइनलका विजेताहरूलाई पनि १० हजार प्रतिव्यक्ति दिने निर्णय लिएको छ ।

पत्रकारहरूलाई सम्बोधन गर्दै सभापति प्रधानले नेवारीहरूको हराउँदै गएको लोक परम्परालाई बचाएर राख्न यस्ता प्रतियोगिताको आयोजन गरिएको बताएका छन् ।

सम्मेलनमा गुठीका उप-सभापति हरिप्रसाद प्रधान, महासचिव अनिता प्रधान अनि प्रचार सचिव श्याम प्रधानको पनि उपस्थिति रहेको थियो ।