बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

सिक्किममा दर्शकले ग्रीन ग्यालेरीबाट खेल मैदानमा पानीको बोतल फ्याकेर विरोध

दैनिक नेपाल २०७६ कार्तिक २२ गते ६:४५

जगन दाहाल

गान्तोक, २२ कात्तिक । सिक्किम फूटबल एसोसिएसनको आयोजनमा पाल्जर स्टेडियममा भइरहेको ३९औं राज्यपाल स्वर्णकप फूटबल प्रतियोगिताले विवाद सिर्जना गर्ने छाँट देखिएको छ ।

बिहीबार गोकुलम एफसी र सिक्किम हिमालयन एफसी बीच भएको दोस्रो क्वार्टर फाइनलको उत्तरार्धको खेलमा समयको गडबडीको कारण गोकुलम एफसीका खेलाडी अनि दर्शकहरू रुष्ट बनेका छन् ।

स्कोर बोर्डमा देखाइएको ८७ मिनटको समयपछि एकैचोटी समय शून्य देखाएपछि विवाद शुरु भएको हो । समय शून्यमा देखाएपछि गोकुलम एफसीका कोचले विरोध जनाएपनि कुनै सुनवाई भएको थिएन ।

स्कोर बोर्डको हिसाबमा हेर्नुहो भने खेलको पूर्ण कालिन समय ९०  मिनट पुग्नभन्दा सात मिनट अघि नै रेफरीले विसेल बजाएटर खेल सकिएको शङ्केत दिए । एसएफए अनि रेफरीको निर्णयको विरोधमा ग्रीन ग्यालेरीमा बसेका दर्शकहरूले पानीको बोतल ग्राउण्डमा फ्याँकेर विरोध जनाएका थिए ।

आफ्नो खेल र प्रतिभाले दर्शकहरूको मन जित्न सफल बन्दै आएको गोकुलम एफसीले सिक्किम हिमालयन एफसीमाथि शुरुवात देखिनै दबाउ बनाउँदै आएको थियो ।

खेलको पूर्वार्धको ४१औं मिनटमा गोकुलम एफसीका जर्सीन्मबर १० लालरिनजुआला एच.-ले पहिलो गोल गरेका थिए । पहिलो गोलको केही मिनटमै अर्थात पूर्वार्धको ४३औं मिनटमा सिक्किम हिमालयन एफसी-का जर्सी नम्बर ९ उत्तम राईले एक गोल गरेर खेललाई बराबरीमा पुऱ्याएका थिए ।

यसरी नै उत्तरार्धको खेल पनि रोमाञ्चक हुँदै गएको थियो। खेलको ४९औं मिनटमा गोकुलम एफसीका खेलाडी जर्सी नम्बर २१ ललिन साङ्गाले आफ्नो पक्षमा एक गोल गरेर आफ्नो टीमलाई दह्रिलो बनाएका थिए ।

यसपछि लगातार रूपमा खेलको ५७ मिनटमा सिक्किम हिमालयन एफसीका जर्सी नम्बर १८ ई. निमाकोले १ गोल गरेका थिए भने ६४ औं मिनटमा जर्सी नम्बर ९ उत्तम राईले एक गोल गरेर आफ्नो टोलीलाई जीत दिलाएका थिए । सिक्किम हिमालयन एफसी अब सोझै सेमीफाइनलमा प्रवेस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित