
काठमाडौँ, २१ कात्तिक । सरकारले विदेशी निकायबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित १५ वटा शिक्षण संस्था खारेज गर्ने भएको छ ।
नेपालको नीति र प्रणालीअनुसार तुरुन्तै खारेज गर्न मिल्ने भए पनि पहिलोपल्ट प्रक्रिया पूरा गर्न १५ दिनको समय दिइएको र यदी त्यो समयमा प्रक्रिया पूरा नगरेमा खारेज गर्ने शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले जनाएका छन् ।
शिक्षा मन्त्रालयका अनुसार ती कलेजहरुले करिब दुई वर्षदेखि नवीकरण नगर्ने र राजस्वसमेत नतिरेको पाइएको छ ।
खारेज गर्न लागिएका कलेजहरुमा पेन्टागन एजुकेशन कलेज काठमाडौं, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, वाइल्ड इन्टुच्युड अफ एडभान्स काठमाडौं, माल्पी इन्टरनेशनल कलेज काठमाडौं, क्यापिटल कलेज काठमाडौं, एभेरेष्ट एजुकेशन काठमाडौं भ्याली काठमाडौं, पोलिगन कलेज काठमाडौं रहेका छन् ।
त्यस्तै, एपेक्स लाइफ स्कुल, साउथ वेस्टन काठमाडौं, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेगा कलेज बुटवल, वेष्ट्रन विजनेश कलेज धनगढी र कसमस इन्टरनेशनल कलेज पोखरा रहेका छन् ।
शिक्षामन्त्री पोखरेलकाअनुसार यदि नियमविपरित अटेरी गरेमा सरकारले बाध्यकारी भएर खारेज गरिने जनाएका छन् । उनले १५ दिनभित्र सम्बन्धित कलेजहरुलाई आवश्यक राजश्व बुझाई मन्त्रालयको दायरामा आउनसमेत भनेका छन् ।













प्रतिक्रिया