
पोखरा, २१ कात्तिक । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा २५ उम्मेदवारले मनोनयन गराएका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका नेकपाबाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेललगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङले उम्मेदवारी दिएका छन् ।
देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस (बिपी) बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गजेन्द्र संवो लिम्बु, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंह छन् ।

यसैगरी कमलजंग कुँवर, यज्ञप्रसाद पंगेनी, लक्ष्मीकुमारी भूजेल, सुनिल भुसाल, सुनिलबहादुर कोइराला, दीपक रेग्मी, उमनाथ गौतम, नवराज बास्तोला, पुरुषोत्तम खनाल र रनबहादुर दमैले स्वतन्त्रबाट उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्रप्रसाद अधिकारीको गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका कारण कास्की–२ प्रतिनिधिसभा सदस्य खाली भएपछि उपनिर्वाचन हुन लागेको हो । २०७४ को निर्वाचनमा अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार भन्दा बढी मतले पराजित गरेका थिए ।













प्रतिक्रिया