
काठमाडौँ, २१ कात्तिक । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समेत समावेश गरेकोप्रति नेपाल सरकारले अस्वीकार गरी दिएको स्पष्ट पारेका छन् ।
मन्त्री बाँस्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको बताए । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । उनले भने एक पक्षीय रुपमा भारतले जारी गरेको राजनीतिक नक्सालाई सरकारले अस्वीकार गरिदिएका छौँ ।
बास्कोटाले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि बताए । साथै यसको समाधान राजनीतिक तथा कुटनीतिक माध्यमबाट गरिने जानकारी गराए ।
त्यस्तै, मन्त्री बाँस्कोटाले कानुन विपरितका कुनै पनि गतिविधि नेपालमा गर्ने छुट कसैलाई नरहेको पनि बताए ।
आतंकवादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि मन्त्री बाँस्कोटाले उल्लेख गरे ।













प्रतिक्रिया