
काठमाडौँ, २१ कात्तिक । नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत उक्त खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।
आगामी मंसिर ३ गते खेल हुन तय भए पनि रंगशालाको अन्तर्राष्ट्रिय मापदण्ड नपुगेकोले खेल अन्तै खेल्नुपर्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को विज्ञप्तीमा उल्लेख छ ।













प्रतिक्रिया