२८ आश्विन २०८३, बुधबार

अनेरास्ववियु प्युठानद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २१ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू प्युठानले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेको विरोधमा प्रदर्शन गरेको छ ।

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगाएतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै उनिहरुलेविरोेध जिल्लाको स्वर्गद्धारी क्याम्पसमा प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गरेको हो । विरोध पछिको कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एंव जिल्ला ईन्चार्ज सुमन श्रेष्ठले भारतले एकहप्ता पहिले नेपालका यी भुभागहरुलाई आफ्नो भूमिमा मिसाएपछि बचाउने अभियानमा जुटनुपरेको बताए । ‘यदि रगत बगाउन परे पनि तयार छौँ तर भूमि गुमाउन्नौँ ।’

हाम्रा आन्दोलनले धर्मनिरपेक्षता, गणतन्त्र जस्ता परिवर्तनहरु भएको स्मरण गर्दै विद्यार्थी नेता श्रेष्ठले भारतले आफ्नो नक्सामा पारेमा यी भूमिहरुलाई जोगाउन विद्यार्थीहरु आन्दोलनमा होमिन पनि तयार रहेको बताए ।

नेपाल सरकार पनि यो समयमा यी भूभागहरु जोगाउन तयार हुनुपर्ने उनले बताए । आवश्यक परे विद्यार्थीहरु गुमाईएका क्षेत्रमा जान्छौँ श्रेष्ठले भने । आज युवा विद्यार्थीहरु देशको माटोको पक्षमा विरोधका कार्यक्रमहरु गरिरहेको समेत उनले बताए ।

वैदेशिक हस्तक्षेपका विरोधमा आवश्यक परे लड्न, रगत बगाउन तयार छौँ, यूवा विद्यार्थी नेता श्रेष्ठले भने, ‘हाम्रो भूमि मासिन दिदैनौँ ।’ त्यस्तै अनेरास्ववियुका केन्द्रिय सदस्य एंव जिल्ला ईन्चार्ज विनोद भण्डारीले हाम्रो संगठनले कुनै स्वार्थ लिएर आन्दोलन नगरेको बताए ।

उनले भने,–‘नेपालको सिमाहरु जेगाउनलाई यी आन्दोलन गरेका हौँ । ’ यो आन्दोलनलाई आम नागरिकले सहयोग गर्नुपर्ने समेत उनले बताए ।

धेरै पटक भारतले नेपाललाई सानो बनाउन धेरै क्षेत्रहरु अतिक्रमण गरेको स्मरण गर्दै यस्ता काम प्रति हाम्रो गम्भिर आपत्ति भएको उनले बताए ।

हाम्रो आन्दोलन मार्फत भारतलाई नक्सा सच्चाउन समेत आग्रह गर्ने र नसच्चाय केन्द्रिय कार्यक्रम अनुसार आन्दोलनले चर्को रुप लिने समेत भण्डारीले बताए । भारतले नक्सा नसच्चाइएमा भारतले आफ्नो नक्सामा राखेका ती क्षेत्रहरुमा गई नेपालको झण्डा गाड्ने समेत भण्डारीले बताए ।