२८ आश्विन २०८३, बुधबार

भारतीय नक्शाबारे शिवसेनाको कडा प्रतिक्रिया– राजा अपरिहार्य

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । कलापानी, लिपुलेकलगायतका नेपालका भुभाग राखी भारतले जारी गरेको नयाँ नक्सा नेपाली राजनीतिक दलले स्थापित गरेको बेथितिको उपज भएको शिव सेना नेपालले ठहर गरेको छ ।

शिव सेनाका अध्यक्ष अनिल बस्नेतका अनुसार नेपालको राष्ट्रिय अण्डतामा आँच आउँदा राजनीतिक दल चुप लागेर बस्नु भनेको सार्वभौमसत्तामा सम्झौता गरेको बुझिएको छ । नेपाललाई धर्म निरपेक्ष घोषणा गर्नु, दलीयकरणका नाममा बेथिति निम्त्याउने र विदेशीको चाकडीमा राजनीतिक दल लिप्त भएका कारण देशको भुगोलमा पनि हस्तक्षेप भएको बस्नेतले बताए ।

‘राष्ट्रिय एकताको प्रतीकलाई नस्ट गरी विदेशी हस्तक्षेप निम्त्याइएको यो सानो उदाहरण हो । राजसंस्था कायम हुँदा यसरी भुगोलमा नै हस्तक्षेप हुने कुनै मौका थिएन’, बस्नेतले दैनिक नेपालसँग भने,‘आन्तरिक रुपमा लोकतन्त्रमा पनि कठोर बनिदिने र मुलुकका भुभाग मिचिँदा चुप लागेर बस्ने राज्यप्रणाली अहिलेको आवश्यकता होइन ।’

नेपाल भुमीमा भएको हस्तक्षेपले राजा अनिवार्य भएको सन्देश दिएको बताएका उनले भने,‘नेपालको अस्तित्व राजसंस्था कायम हुँदा थियो र भएको खण्डमा हुनेछ । नत्र हामी पेलिनेछौं, यसमा राजनीतिक दलको अकर्मण्यताले काम गरेको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला कालो झन्डा देखाउँदा केही समयअघि पक्राउ गरी हिरासतमा राखिएका बस्नेतले यीनै राजनीतिक दलले लिपुलेक, कालापानीलगायतका नेपाली भुभागका विषयमा बलियो अडान नराख्दा अन्य मुलुकले देशै खाने सम्भावना रहेको बताए ।