बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

अंक बाँड्न बाध्य भयो म्यानचेस्टर सिटी

दैनिक नेपाल २०७६ कार्तिक २१ गते १०:३३

लण्डन, २१ कात्तिक । सुरुवाति अग्रता लिएपनि म्यानचेस्टर सिटीले त्यसलाई जोगाउन सकेन । अंक बाँड्न बाध्य भएकाे छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह सी मा रहेको म्यानचेस्टर सिटी बुधबार राति भएको खेलमा एट्लान्टासँग १–१ को बराबरीमा रोकिएको हो ।

सातौँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

एट्लान्टाका लागि ४९ औँ मिनेटमा पासालिकले बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा गोलरक्षक ब्राभो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भयो ।

ब्राभो बाहिरिएपछि अन्तिमको केही समय डिफेन्डर कायल वाकरले गोलरक्षकको भूमिका निर्वाह गरेका थिए । बराबरीपछि पनि सिटी समूहको शीर्ष स्थानमा छ, उसको १० अंक भएको छ ।

बुधबार राति नै भएको खेलमा डाइनामो जाग्रेबसँग ३–३ को बराबरी गरेको शाख्तर डोनेस्क पाँच अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।समान पाँच अंक नै भए पनि डाइनामो जाग्रेब तेस्रो स्थानमा पुगेको छ । एट्लान्टाले मात्रै एक अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित