बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

कात्तिक २२ गते सार्वजनिक बिदा

दैनिक नेपाल २०७६ कार्तिक २० गते १९:०२

भक्तपुर, २० कात्तिक । चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ गते सार्वजनिक बिदा दिइने घोषणा गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायणका रुपमा रहेको र एकादशीको दिन चाँगुनारयण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको उहाँले बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित