
काठमाडौँ, २० कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारहरुका लागि निर्वाचन आयोगले खर्चको सिमा तोकेको छ ।
निर्वाचन आयोगले पत्रकार सम्मलेनमार्फत प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख प्रदेशसभा उम्मेदवारले १५ लाख र उपमहानगरपालिकाको अध्यक्षले ५ लाख ५० हजार गर्न गर्न पाउने सीमा तोकेको छ ।
त्यसैगरी, वडाध्यक्षका लागि २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्षका लागि २ लाख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवारले १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन भित्र प्रचारप्रसार गरिसक्नुपर्ने समयसीमा आयोगले निर्धारण गरेको छ ।
तोकिएको खर्चको अधिकतम सीमा र प्रचार अवधि उल्लंघन गर्नेलाई निर्वाचन कानुन अनुसार कारवाही गरिने निर्वाचन आयोगले जनाएको छ ।













प्रतिक्रिया