२८ आश्विन २०८३, बुधबार

कुवामा डुबेर पुरुषको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०÷१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताउनुभयो । कुवामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको कारण खुल्न सकेको छैन । –रासस