२८ आश्विन २०८३, बुधबार

लहानमा बहुला स्यालले एकैदिनमा १६ जनालाई टोकेपछि ‍…

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-महेश सिंह
सिरहा, १९ कात्तिक । सिरहाको लहान नगरपालिका वाड नं. ४ मा मंगलबार बिहान बाउला स्यालले गाउँका १६ जनालाई एकै दिनमा टोकेपछि पुरै गाउँ नै आतंकित भएको छ ।

सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बाउला स्यालले लहान नगरपालिका ४ कुमहालटोल मा १६ जना मानिसलाई टोकेपछि स्थानीय सबै त्रसित भएका हुन् ।

एका बिहानै गाउँका महिला र पुरुषहरूले शौचका लागि घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको बाउला स्यालले टोकेपछि दर्जनौं महिला र पुरुष घाइते भएका छन् ।

घाईते हुनेमा ७० वर्षीय रामबालक पण्डित ,४५ वर्षीय सोनाई मेस्तर, ५ वर्षीय मो. रेहान, ५५ वर्षीय गुलाब देबि महतो घाइते भएका छन् ।

समान्य रहनेमा संन्जु देबि महतो, प्रदीप महतो, सुरज कुमार दास, नन्दनी मेस्तर, रबिना कुमारी मेस्तर, संजीव कुमार दास लगायतका व्यक्तिहरु रहेका वाड अध्यक्ष रामनाथ पण्डितले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डिएसपी अर्जुण साप्कोटा सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।