२८ आश्विन २०८३, बुधबार

बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केपछि …

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ओखलढुङगा, १९ कात्तिक । मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा स्थानीय १७ वर्षीय लालमान तामाङको आइतबार मृत्यु भएको छ ।

बन्दुक पड्किँदा गम्भीर घाइते भएका उनलाई उपचारार्थ काठमाडौँ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट संयुक्त रुपमा खटिएको प्रहरीले बाँदर लखेट्ने समूहमध्ये मोलुङ गाउँपालिका ३ बस्ने २१ वर्षीय चित्र बहादुर सुनुवारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ ।

साथै उक्त जंगलबाट भरुवा बन्दुक २ थान समेत प्रहरीले बरामद गरेको छ ।

उक्त समूहका फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।