
काठमाडौं, १९ कात्तिक । २०६४ सालमा रौतहट बम विष्फोटमा कर्तव्य ज्यान मुद्धाको अभियोगमा पक्राउ परेका निलम्वित काँग्रेस सांसद मोहम्मद अफताव आलमको रौतहट जिल्ला अदालतमा बयान सुरु भएकाे छ ।
जिल्ला अदालत रौतहटले आलमसहित १० जना विरुद्ध दायर भएको मुद्धामा आजबाट बयान लिन थालेको हो । न्यायाधीश दीपक धितालको इजलासमा आलमको बयान भइरहेको छ ।
बयान सकिए लगत्तै थुनछेक बहस हुने बताइएको छ । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी तिन वटा मुद्दा दायर गरिएको थियो ।
हिजो जिल्ला सरकारी वकिल कार्यालयले तीन अभियोगमा जन्मकैदको सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
आलममाथि बम विष्फोटमा घाइते भएकालाई जिँउदै इाटा भट्टामा हालेर हत्या गरेको आरोप लागेको छ ।















प्रतिक्रिया