बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

अण्डा बाजीले लियो ज्यान, ५० वटा अण्डामा ४२ वटा खाएपछि मृत्यु

दैनिक नेपाल २०७६ कार्तिक १९ गते ११:०३

काठमाडौं, १९ कात्तिक । भारतको उत्तरप्रदेशको जौनपुरमा अण्डा खाने बाजी जित्ने चक्करमा ४२ वर्षका एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान सुभाष यादवको रुपमा भएको छ ।

शाहगंज कोतवाली इन्चार्ज जेपी सिंहका अनुसार सुभाष ट्र्याक्टर चलाउने काम गर्दथे । उनी आफ्ना साथीसँग अण्डा खान गएका बेला दुबैबीच कसले धेरै अण्डा खानसक्छ भनेर बाजी परेपछि यस्तो घटना भएको पुलिसले जानकारी दिए ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसले ५० वटा अण्डा र एक बोतल रक्सी पिउन सक्छ, उसलाई दुई हजार भारु दिइने यी दुईबीच सहमती भयो । सुभाषले शर्त स्विकार गरेर अण्डा खान सुरु गरे । उनले ४१ वटा अण्डा खाए तर जब उनले ४२ औं वटा अण्डा खाए, उनी बेहोस भएर ढले ।

घटनास्थलमा भएका मानिसहरुले उनलाई अस्पताल पुर्‍याए । उनको स्थिती गम्भीर हुँदा डाक्टरले उनलाई लखनउको पिजीआई अस्पताल लैजान भने । जहाा उनको उपचारको क्रममा मृत्यु भयो ।

प्रतिक्रिया
सम्बन्धित