११ मंसिर २०८३, शुक्रबार

ज्ञानेन्द्र शाहीलाई कुटपिट गर्ने मुख्य व्यक्ति रेणु दाहालका चालक, प्रहरीद्वारा पक्राउ

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । भ्रष्टाचारविरोधी नागरिक अभियन्ता  ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने मुख्य आरोपी अविरल पोख्रेल भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको चालक रहेकाे खुलासा भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलेको हो ।

महानगरपालिकाकी उपमेयर पार्वती शाही ठकुरीले पोख्रेल हालै भर्ना गरिएको बताइन् । पोख्रेल चालकको रुपमा काममा आएपछि मात्र आफूले थाहा पाएको उपमेयर ठकुरीले बताइन् ।

महानगर स्रोतका अनुसार पोख्रेलले महानगरबाट ३ महिनाको तलब पनि लिइसकेका छन् ।

महानगरका मेयर रेणु दाहालको चालक हुने गरी भर्ना गरिएका पूर्वमाओवादी कार्यकर्ता पोख्रेलले महानगरको एक सवारी हाक्दै आएका थिए ।

व्यापक दबाब पछि पोख्रेललाई पक्राउ गर्नुपर्ने भएपछि उनलाई महानगरको कर्मचारी नभन्ने शर्तमा पक्राउ दिन मेयर रेणुले नै लगाएको स्रोतको दावी छ ।

प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको छ ।

पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको तथा अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो ।

कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि गम्भिर आक्रमण भएको थियो ।