२८ आश्विन २०८३, बुधबार

सुकुटे बस दुर्घटनामा निधन हुनेको संख्या १९ पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्ग्स्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो ।

आज सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एक जना र अर्का एकको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको छ ।

आइतबार मृत्यु हुनेमा पुरुष एक, महिला सात, बालक छ तथा बालिका तीन जनाको मृत्यु भएको हो । आइतबार मृत्यु भएका १७ जनाको सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेकामा दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । बसमा ६० भन्दाबढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो । –रासस