
काठमाडौँ, १८ कात्तिक । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।
संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोग लागेका महरालाई पक्ष र विपक्षमा भएको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको स्रोतले जनाएको छ ।
अब महरालाई डिल्लीबजार कारागारमा लगिने भएको छ । महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।













प्रतिक्रिया