बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नयाँ प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरु

दैनिक नेपाल २०७६ कार्तिक १८ गते १२:१६

काठमाडाैं, १८ कात्तिक । प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ ।

प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुादा संवैधानिक संकट आउने हुादा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाा प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने छ ।

सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

यसअघि आइतबार साँझ बसेको सचिवालय बैठकले प्रदेश प्रमुखको नाम टुंगो लगाउन सकेको थिएन। सचिवालयले नाम छान्न नसकेपछि आइतबार साँझलाई बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित