
काठमाडाैं, १८ कात्तिक । मोरङको बूढीगंगा गाउापालिकामा सवारी दुर्घटना हुँदा बाबु छारीको ज्यान गएको छ ।
कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गााउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिादा बूढीगंगा गाउापालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।
बावु शुभलाल पेसाले चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आाखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए ।
घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिए ।
विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउादै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।











प्रतिक्रिया