११ मंसिर २०८३, शुक्रबार

अपडेट: सुनकोशीमा बस दुर्घटनामा मृतकको संख्या १८ पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैं, १८ कात्तिक । सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस आइतबार दिउासो चौतारा साागाचोकगढी नगरपालिकाको सुकुटेनजिकैबाट नदीमा खस्दा छ बालबालिकासहित १८ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १३ महिला र पााच पुरुष रहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । सोमबार बिहान नेपालथोकमा एक बालिकाको शव भेटिएको हो।

बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको छ । सोमबार बिहानसम्म १७ जनाकै सनाखत भएको छ । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउापालिका–४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउापालिका–३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ –५ का रितेश खड्का र शैलुङ–७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार मृत्यु हुने अन्यमा काभ्रेको रोशी गाउापालिका–५ की सजिना तामाङ, पूरा ठेगाना नखुलेकी दोलखाकी उर्मिला मोक्तान, अर्का वतन नखुलेका तीनमहिने शिशु रोशन तामाङ र शैलङ–४ का दिल लामा रहेका छन् । बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ–४ की ६ वर्षीया बालिका सलिना तामाङ र धुलिखेल अस्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको थियो ।

त्यसैगरी शैलुङ गाउापालिका ५ को ३८ वर्षिय सानु राउत आले, शैलुङ २ की ७० वर्षीया उर्माया मोक्तान र चितवन पातिहानीकी पूजा बस्नेतको पनि सनाखत भएको प्रहरी जनाएको छ । दोलखाकी बालिका वियाना तामाङको शव सोमबार भेटिएको हो ।

घाइते ५१ जनालाई धुलिखेल अस्पताल लगिएको छ । गम्भीर दुईजनालाई काठमाडौं रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । चालक धनबहादुर श्रेष्ठ गम्भीर घाइते छन् ।

स्काभेटरले नदीबाट बस निकालेपछि घाइतेको उद्धार गरिएको थियो ।