काठमाडाैं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा उत्पन्न विवादमाथि छानविन गर्न नेपाल राष्ट्र बैंकले समिति गठन गरेको छ ।
सोमबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समितिका सदस्य डा.श्रीराम पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको हो ।
समितिका सदस्यहरुमा सञ्चालक समितिका सदस्यहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण रहेका छन् ।
यसअघि आइतबार बसेको सञ्चालक समितिको बैठकमा नै समिति गठन हुने भनिएपनि सो विषयमा निर्णय भएको थिएन । छानविन समिति गठन भएपछि अब श्रेष्ठ निलम्बनमा पर्नेछन् ।















प्रतिक्रिया