मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

दूधका बाेतलबाट सडकमा कालाेपत्रे

दैनिक नेपाल २०७६ कार्तिक १८ गते ९:०६

लण्डन । दक्षिण अफ्रिका, पूर्वी तटमाको क्वाजुलु नाटल प्रान्त क्षेत्रमा पहिलोपटक प्लास्टिक सडक निर्माण भएको छ। दूधका बोतलहरू ‘रिसाइकल’ गरेर यहाँको सडक कालोपत्रे गरिएको हो ।

सिसलंगा कन्स्ट्रकसनले देशको फोहोर केही हदसम्म व्यवस्थित गर्ने र सडक गुणस्तर पनि सुधार्ने आशाले यो काम गरेको सिएनएनले लेखेको छ ।

डर्बानको बाहिरी क्षेत्र क्लिफानमा ४०० मिटर बाटो कालोपत्रे गर्न ४० हजार वटा बोतल रिसाइकल गरिएको छ। ७० प्रतिशतभन्दा बढी प्लास्टिक ल्यान्डफिलबाटै संकलन गरिएको हो ।

यी बोतल दुई लिटरका हुन् र अरू प्लास्टिकभन्दा बाक्लो हुन्छ। सामान्य प्लास्टिक १७० डिग्रीमा पग्लिन्छ भने यस्ता बाक्लाका लागि १९० डिग्रीसम्म तापक्रम चाहिन्छ ।

निर्माण कम्पनीका अनुसार अरु साधारण सडक बनाउँदाकै जति खर्च हुने भए पनि दीर्घकालमा प्लास्टिक सडक सस्तो पर्न जान्छ। उनीहरूका अनुसार राम्ररी बनाइएको प्लास्टिक सडक २० वर्षभन्दा बढी टिकाउ हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित