२८ आश्विन २०८३, बुधबार

माग्दीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्र्वर, १७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् ।

दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन् । दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।

घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ । घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन् । –रासस