२८ आश्विन २०८३, बुधबार

किन बाेलाए त प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद्काे बैठक !

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

आजै बिहान पहिलो मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टा चलेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार अहिले ५ बजेका लागि बोलाइएको बैठक बिहानकै बैठकको निरन्तरता भएको जनाएका छन् ।

कतिपय एजेन्डाहरु आजै निर्णय नगरी नहुने भएकाले पुनः बैठक बोलाइएको स्रोतले जनाएको छ ।

बिहान बसेको मन्त्रिपरिषद बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष तथा डा. धर्मकान्त बाँस्कोटालाई त्रिविको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।