२८ आश्विन २०८३, बुधबार

सुकुटे बस दुर्घटना अपडेट : १० जनाकाे मृत्यु, ४० बढी घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशीमा बस खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ४६ जना घाइतेको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ भने गम्भीर घाइतेलाई काठमाडौँ ल्याइएको छ ।

घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । स्थानीयबासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलाबाट बाहिर निकालिएको बताइएको छ ।