११ मंसिर २०८३, शुक्रबार

शिवपुरमा ‘रिमोट कन्ट्रोल’ बम, सेनाद्वारा दुई घन्टा लगाएर‘डिस्पोज’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । कपिलवस्तुमा राखिएको बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् शिवराज नगरपालिका–१, शिवपुर रेन्जर पोस्टनजिकै सडकछेउमा ‘रिमोट कन्ट्रोल’ बम राखिएको थियो ।

बम कसले राख्यो भन्ने खुलेको छैन ।

नारायण दल गण गोरुसिंगेबाट आएको नेपाली सेनाको टोलीले सो ‘रिमोट कन्ट्रोल’ बम भएको जनाएको हो ।

शंकास्पद वस्तु देखिएपछि आइतबार बिहान करिब १० बजेदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । स्थानीय त्रसित भए ।

सेनाको टोलीले करिब दुई घन्टापछि बमलाई निस्क्रिय गरेको थियो । त्यसपछि अवरुद्ध सडक सुचारु भयो ।

विद्यालय क्षेत्र रहेको हुादा विद्यार्थीमासमेत त्रास फैलिएको थियो ।

बम कसले राखेको भन्नेबारेमा केही खुलिनसकेको वडा प्रहरी कार्यलय चन्ऽौटाले जनाएको छ ।