बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

६ वर्षे बच्चाको घाँटी रेटेर विभत्स हत्या

दैनिक नेपाल २०७६ कार्तिक १७ गते १२:१७

काठमाडौं, १७ कात्तिक । भारतको नयाँ दिल्लीको नरेलामा शुक्रबार साँझ एक ६ वर्षे बच्चाको शव भेटिएको छ ।

उनको घरमा नै घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएकाे थियाे । उनका हत्याराले हत्यापछि घरको एउटा कुनामा शव फालेर फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ती बच्चाको परिवारले शुक्रबार नै प्रहरीलाई आफ्नो ६ वर्षको छोरा गायब भएको खबर गरेका थिए ।

प्रहरीले खोज्ने क्रममा ती बालकको शव घरकै बाहिरी कुनामा राखिएको भेटेको हो ।

प्रतिक्रिया
सम्बन्धित