
काठमाडौं, १७ कात्तिक । पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत पोखरा महानगरपालिकाको वडा नं २९ मा शंकास्पद वस्तु भेटिएको छ ।
शंकास्पद वस्तु भेटिएपछि राजमार्गमा केही समय सवारी आवागमन समेत रोकिन पुग्यो ।
अहिले भने शंकास्पद वस्तु भेटिएको क्षेत्रलाई सिल गरेर सवारी सुचारु गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।











प्रतिक्रिया