
काठमाडौं, १७ कात्तिक । पछिल्लो समय नेपाली एयरलाइन्सहरुमा जहाज खदिर गर्न होडबाजी नै चलेको छ । चालु वर्षको पहिलो ३ महिनामा नेपाली एयरलाइन्सहरुले ४ अर्बका जहाज तथा हेलिकप्टर खरिद गरेका छन् ।
आन्तरिक बजारमा भएको विस्तारसागै एयरलाइन्स सञ्चालकहरुले पछिल्लो समय जहाज तथा हेलिकप्टर थप गर्दै गएका छन्।
देशको आन्तरिक हवाई बजारका ठूला एयरलााइन्सले यो बीचमा जहाज थप गरेका छन्। उनीहरुले २ अर्ब ७१ करोड मूल्यका जहाज नेपाल ल्याएका छन्। त्यस्तै जहाजमा प्रयोग हुने पाटपुर्जामामात्र यो बीचमा ५६ करोड रपैयाा बराबरका आयात भएका छन्।
जहाजसागै हेलिकप्टर पनि करिब २ अर्बका भित्रिएका छन्। तथ्यांकअनुसार गएको तीन महिनामा १ अर्ब ८४ करोड मूल्यका आएका छन्।
उद्धार र साइटसिनका लागि प्रयोग हुँदै आएको हेलिकप्टरको माग पर्वतीय पर्यटनमा बढ्दै गएको छ।











प्रतिक्रिया