
काठमाडौँ, १६ कात्तिक । साझा पार्टीले दाङका सामाजिक अभियन्ता शिवकुमार चौधरीलाई साझा पार्टी दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन् ।
चौधरीले आफू निर्वाचित भएको खण्डमा खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्धन, केटाकेटीहरूलाई खेल्ने पार्कहरूको निर्माण, वृद्धवृद्धाहरूलाई बस्ने टहलिने ठाउँहरू, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थाका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान प्रतिवद्धता व्यक्त गरेका छन् ।
सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको साझा पार्टीका उम्मेदवारलाई विजयी गराउन पार्टीले मत हाल्न समते अपील गरेको छ ।
साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २ र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क) मा उम्मेदवार घोषणा गरिसकेको पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जनाएका छन् ।













प्रतिक्रिया