११ मंसिर २०८३, शुक्रबार

खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा मुछिए कोहलपुरका डीएसपी शाही

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज हेमबहादुर शाही विवादमा तानिएका छन् ।

तरुण दल बााकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही आफैं छानविनको दायरामा तानिएका हुन् । शाहीमाथि अनुशन्धान शुरु भैसकेकाे बताइएकाे छ ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जना पक्राउ परेपछि अडियो सार्वजनिक भएकाले दुवै पक्षमाथि शंका गर्नुपर्ने देखिएको प्रहरीले जनाएकाे छ ।

शुक्रबार दिउासो तरुण दलका केन्ऽीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेर बरामद हतियार शाहको नभएको दाबी गरेका थिए । उनले हतियारको फिंगर प्रिन्ट जााच गर्न माग गरेका थिए ।

प्रहरी अधिकृत भने हतियार शाहकै भएको विषयमा दृढ छन् । प्रहरी प्रधान कार्यालयका अनुसार भने ‘हालसम्म प्राप्त विवरण अनुसार हतियार शाहकै भएको देखिन्छ ।’

अडियोको विषयमा चाहिा शाहीमाथि कारबाही हुनसक्ने देखिएको छ । अधिकृतका अुनसार हतियार बरामद प्रकरणको अनुसन्धान सकिएपछि डीएसपी शाहीलाई प्रदेश प्रहरी वा प्रहरी प्रधान कार्यालयमा तानेर विस्तृत अनुसन्धान गरिनेछ ।

डीएसपी शाहीले भने हतियार कारमा लुकाएर राखिएको अवस्थामा आफुले बरामद गरेको बताउदै आएका छन् । शाहीले आफुले कसैसंग पनि खसि नमागेको दाबी गरेका छन् ।