२८ आश्विन २०८३, बुधबार

कास्की र बाग्लुङमा विवेकशीलद्धारा उम्मेदवार सिफारिस

17.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ कात्तिक । विवेकशील नेपाली दलले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस गरेको छ ।

गण्डकी प्रदेश अन्तर्गत कास्की क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा जुझारु युवा नेतृ जमुना शर्मा र बाग्लुङ क्षेत्र नं. २ “ख” प्रदेश सभा सदस्य उम्मेदवारको रुपमा युवा उद्धमी सन्तोष भण्डारीलाई सिफारिस गरेको हाे ।

पार्टीको प्रदेश कार्यालय अमरसिङ चोक, पोखरामा सम्पन्न गण्डकी प्रदेशको भेलाले उपनिर्वाचनको लागि उम्मेदवारहरु सिफारिस गरेको हो ।

विवेकशील नेपाली दलको आगामी कात्तिक १८ गते पोखरामा बस्ने संघीय समिति बैठकले देशैभरका उपनिर्वाचन हुने क्षेत्र र पालिकाका लागि उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाउने जनाएको छ ।

वैकल्पिक तथा सुसंस्कृत राजनीतिको सुत्रधार विवेकशील नेपाली दलले यसै उपनिर्वाचन मार्फत नागरिकसामु आफ्ना धारणाहरु प्रष्ट पार्ने बताएको छ ।