२८ आश्विन २०८३, बुधबार

सशस्त्रद्वारा २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रौतहट, १५ कात्तिक । विभिन्न स्थानमा गरेर सशस्त्र टोलीद्धारा २ लाख २ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

रौतहट जिल्लाको गौर नगरपालिका १ कानोपट्टीबाट कात्तिक १५ गते एपीएफ टोलीले करीब १ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स तथा हेण्डकलका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यस्तै, सर्लाहीको बलरा नगरपालिका ३ लक्ष्मीपुरस्थित सीमा ईलाकाबाट कात्तिक १५ गते एपीएफ टोलीले करीब १ लाख रुपैयाँ बराबरको चोरीनिकासीको सोफी मदिरा बरामद गरेको छ ।

डीएल ८ सिवाई ४४०३ नम्बरको भारतीय स्कारपियो गाडीमा राखेर लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त गाडी समेत बरामद गरेको छ ।

बरामद मदिरा तथा गाडी भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।