
काठमाडौँ, १५ कात्तिक । हेटौँडाकी बिन्दवासिनी कंसाकारलाई एसिड छ्याप्ने अभियुक्तलाई साढे पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
२०७० साल वैशाख ९ गते बिन्दवासिनीलाई एसिड प्रहार गरी भारतमा लुकेका भारतीय नागरिक दिलीपराज केशरीलाई बारा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
नेपाल र भारत ओहोरदोहोर गर्दै आउने केशरीमाथि प्रहरीले निगरानी राख्दै आएको थियो । लामो निगरानीपछि बिहीबार प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
केशरीले बिन्दवासिनीलाई विवाहको प्रस्ताव राखेका थिए । बिन्दवासिनीले आफूहरुबीच विवाह हुन नसक्ने भनेको केही समयपछि उनीमाथि केशरीले एसिड आक्रमण गरेका थिए । लामो समयको प्रहरीको निगरानीपछि केशरी पक्राउ परेका हुन् ।













प्रतिक्रिया