
दाङ, १५ कात्तिक । नेपाली कांग्रेस दाङका निवर्तमान सभापती बिरकेश्वरी गौतममाथी कांग्रेसकै नेताले हातपात गरेका छन् । कांग्रेसको उप निर्वाचनको टिकटको विषयलाई लिएर भएको छलफलमा गौतममाथि उनकै पार्टीका नेताहरुले हातपात गरेका हुन् ।
बिहिबार घोराहीस्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा घोराही १६ को उप निर्वाचनमा टिकट दिने विषयमा आआफ्नो मत बाझिएपछि नेताहरुबीच हात हालाहाल भएको हो ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने घोराही १६ मा उप निर्वाचनको चहल पहल चलिरहेकै बेला पार्टी कार्यालयमा पार्टीकै नेताहरुकोबीचमा छलफल चलिरहेको बेला कसलाई टिकट दिने विषयमा नेताहरुबीचमा भनाइ राख्नेक्रम भइरहेको बेला कांग्रेसका युवा नेता दिपक पाण्डे वयोवृद्ध गौतममाथी एक्कासी हातपात गरेका हुन् ।
कांग्रेस नेतृ राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, प्रदेश ५ का प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठ, कांग्रेस नेताहरु भुपबहादुर डागि, बद्री खड्का, गिरिराज सुबेदी, यज्ञ वलि, तिलक रावत लगायतकाको सहभागीतामा भइरहेको छलफलमा आफ्नो बाबु समानको गौतममाथी पाण्डेले हातपातसँगै गालीगलौजमा उत्रिएको कांग्रेसका एक नेताले जानकारी दिए ।
उनले गौतमलाई सबैले पार्टीको अभिभावक र आफ्नो बाबु समानको उमेर रहेको व्यक्तिलाई गालीगलौज गर्दै हातपातमै उत्रिएपछि बैठकमा सहभागी कांग्रेसका नेता कार्यकर्ताहरुले पाण्डेको आलोचना र विरोध गर्दै तत्काल सार्वजनिक स्थलमा आफ्नो अभिव्यक्ति राखेकै कारण हातपात हुनु लज्जास्पद र घोर विरोध तथा निन्दनीय कार्य भएको बताए ।
उनले पार्टी कार्यालय भित्र हातपात गर्ने पाण्डेलाई कडा कारवाही गर्न माग समेत गरेका छन् । कांग्रेस नेताहरुले बताएअनुसार पाण्डेले गौतममाथि हातपात गरेपछि तिलक रावत लगायतकाले छुट्याएका थिए ।
पाण्डे गौतममाथी पटक पटक जाइ लागेका थिए । कांग्रेस नेताहरुले पाण्डे मदिराले मातेकै कारण गौतममाथी हातपात र गालीगलौज भएको हुन सक्ने अनुमान गरेका छन् । घोराही १० नारायणपुर निवासी साविक कांग्रेसको त्रिपुर सभापती पनि हुन् ।
पाण्डे हातपातमै उत्रिएपछि अन्य पार्टीका नेता, कार्यकर्ताले छुट्याएपनि गौतममा त्रास उत्पन्न भएको थियो । गौतम र पाण्डेले घोराही १६ मा गिरबहादुर बस्नेत र तारा डिसिलाई टिकट दिने विषयमा सामान्य भनाइ राख्नेक्रममै विवाद भएपछि पाण्डे गौतममाथी हात उठाएका थिए ।
गौतम बस्नेतलाई टिकट दिनु पर्ने बताए भने पाण्डेले बस्नेत माओवादीबाट आएकाले डिसिलाई टिकट दिनुपर्ने बताएपछि नेताहरुबीच विवादको रुप लियो । यता जिल्ला प्रहरी कार्यालय दाङले यस विषयमा कुनै जानकारी नआएको बताएको छ ।
दाङका जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले पार्टी कार्यालय भित्र हातपात भएकाले आफुलाइ थाहा नभएको बताए । पिडित पक्षले उजुरी दिए तत्काल पक्राउ गरेर कारवाही गर्ने चेतावानी दिए ।













प्रतिक्रिया