२८ आश्विन २०८३, बुधबार

 कोदालो प्रहारबाट मृत्यु, अभियुक्त ६ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


खोटाङ, १५ कात्तिक । रुपाकोट मझुवागढी नगरपालिका ४ डाँडाखर्क बस्ने १८ वर्षीय विशाल भन्ने मिलन राईको छिमेकीको कोदालो प्रहारबाट बुधबार राति मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ र अस्थाई प्रहरी चौकी खानिडाँडाबाट खटिएको प्रहरीले अनुसन्धानको लागि पवन लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।